अनुमतिविना विमानस्थलको निषेधित क्षेत्रमा फोटो-भिडियो खिच्न बन्देज

१३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारको फोटो/भिडियो खिच्न पूणर् रुपमा बन्देज लगाएको छ ।
प्राधिकरणले अघिल्लो साता सबै नागरिक उड्डयन कार्यालयलाई पत्र लेख्दै यो नियम कडाइपूर्वक कार्यान्वयन निर्देसन दिएकाे हाे।‘अनुमतिविना विमानस्थलको निषेधित क्षेत्रमा प्राधिकरण, वायुयान सञ्चालन संस्था, विमानस्थलमा कार्यरत अन्य निकायसँग सम्बद्ध कर्मचारी तथा सर्वसाधारणले कुनै पनि प्रकारका तस्वीर तथा भिडियोग्राफी गर्न नपाइने भएकाे छ ।

पछिल्लो समय विमानस्थलको निषेधित क्षेत्र, वायुयान ककपिटजस्ता उडान सुरक्षा तथा हवाई सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्रमा तस्वीर खिच्ने, भिडियोग्राफी गर्ने र त्यस्ता सामग्री फेसबुक, टिकटक, इन्स्टाग्राम, म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता सामाजिक सञ्जालमा अपलोड हुने गरेको भन्दै प्राधिकरणले आफू मातहतका कार्यालयहरुलाई यस्तो कार्यमा रोक्न लगाएकाे हाे ।