अनुमतिविना विमानस्थलको निषेधित क्षेत्रमा फोटो-भिडियो खिच्न बन्देज

१३ वैशाख, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा अनुमति नलिई कुनै पनि प्रकारको फोटो/भिडियो खिच्न पूणर् रुपमा बन्देज लगाएको छ ।प्राधिकरणले अघिल्लो साता सबै नागरिक उड्डयन कार्यालयलाई पत्र लेख्दै यो नियम कडाइपूर्वक कार्यान्वयन निर्देसन दिएकाे हाे।‘अनुमतिविना विमानस्थलको निषेधित क्षेत्रमा प्राधिकरण, वायुयान सञ्चालन संस्था, विमानस्थलमा कार्यरत अन्य निकायसँग सम्बद्ध कर्मचारी तथा सर्वसाधारणले कुनै […]

बंगुरको खोरमा महिलाको शव फेला

वैशाख १३, पाँचथर | पाँचथरको याङवरक गाउँपालिका–६ टाहारीकी एक महिला बंगुरको खोरमा मृत अवस्थामा भेटिएकी छन् । मृत्यु हुनेमा स्थानीय शुक्रवीर बेघाकी श्रीमती इन्द्रकुमारी बेघा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव मंगलबार अपराह्न घर नजिकै रहेको बंगुरको खोरमा घोप्टो परेको अवस्थामा भेटिएको हो । मृत्युको कारण खुल्न सकेको छैन । शव […]

बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते

बैशाख १२ काठमाण्डौ । दार्चुलामा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् । सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार बिहानतीर बँदेलले आक्रमण गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना […]

भारतिय तरकारीको वर्चश्व रोक्न कृषिजन्य वस्तु बिक्री परिचयपत्र वितरण गर्दै तुलसीपुर उपनगरपालिका

वैशाख १३, सुर्खेत । दाङ तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप नगरपालिकाले यो कार्य अगाडि बढाएको हो । भारतबाट आएको तरकारी कम गर्न र स्थानीय उत्पादनलाई बजार दिन अनिवर्य परिचयपत्र […]

स्कारपियो र माेटरसाइकल ठाेक्किँदा प्रहरी जवान सहित ३ जना घाइते

कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठाेक्किँदा प्रहरी जवानसहित तीनजना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बजारमा मंगलवार राती धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१-०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएपछी मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए […]

सल्यानको “कुपिण्डे तालैमा” बोलको म्युजिक भिडियो सार्वजनिक

बैशाख १२, सल्यान । कुपिण्डे तालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ । मंगलबार एक कार्यक्रमका विच खलंगामा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक चेतन राईको एल्बम एल्वम स्टेजको विमोचन गरेका हुन् । गितमा गायक चेतन राई र रचना रिमालको आवाज रहेको छ । सोही अवसरमा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सविन […]

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

वैशाख १३, काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२, ७३, ७४, ७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा संचालनको तालिका सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) का अनुसार परीक्षा जेठ ९ देखि १८ गतेसम्म संचालन हुनेछन् […]