बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना घाइते


बैशाख १२ काठमाण्डौ । दार्चुलामा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा बँदेलको आक्रमणबाट सशस्त्र प्रहरीसहित पाँच जना भाइते भएका छन् । सशस्त्र प्रहरीले परेड खेलिरहेको अवस्थामा बँदेलले एक्कासी आक्रमण गर्दा स्थानीय र सुरक्षाकर्मीहरु घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलवार बिहानतीर बँदेलले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीसँगै अन्य तीन जना स्थानीयलाई समेत बँदेलले आक्रमण गरी घाइते बनाएको छ ।


सशस्त्र प्रहरीका हवल्दार गोपाल साउँद, सशस्त्र प्रहरीका जवान हरिस बुडाल, ६५ वर्षीय स्थानीय जसोदसिंह महरा, २१ वर्षीय आयुष पाल र ५० वर्षीय रतन पार्की घाइते भएका सिंहले बताए ।घाइतेमध्ये रतन पार्कीलाई थप उपचारका लागि धनगढी ल्याइएको छ । अन्य घाइतेहको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । बँदेललाई भने मारिएको छ ।