स्कारपियो र माेटरसाइकल ठाेक्किँदा प्रहरी जवान सहित ३ जना घाइते

कञ्चनपुरमा स्कारपियो र मोटरसाइकल ठाेक्किँदा प्रहरी जवानसहित तीनजना घाइते भएका छन् । शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर बजारमा मंगलवार राती धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ प २०८७ नम्बरको स्कारपियोले सोही दिशातर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१-०११ प ७३४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएपछी मोटरसाइकलमा सवार तीन जना घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले बताए । उनका अनुसार घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय, बेलडाँडीमा कार्यरत प्रहरी जवान निरज चौधरीसहित उनकी श्रीमती ललिता चौधरी र उनकी छोरी रहेका छन्।

प्रहरी जवान निरजको हात र खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ । त्यस्तै, उनकी श्रीमती ललिता चौधरीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको छ । उनकी छोरीको पनि शरिरमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते तीनैजनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।