कालिकोटमा ८० जना युवा युवतीहरुबिच नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

चैत १३, कालिकोट । जिल्लाको सदमुकाम मान्ममा तीन जिल्लाका युवाहरुबीच नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा बृहत छलफल गरिएको छ ।

टिडिएच बिएम जेड जर्मनको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित ग्रामीण तथा हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन एवं जैविक विविधता संरक्षण (शुलभ) परियोजनाको आयोजनामा कार्यक्रम भएको मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले जानकारी दिए ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीको प्रमुख आतिथ्यता तथा अन्य सरोकारवालाहरुको आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रम‘आजको युवा, वातावरण संरक्षण, उद्यमशिलता र समृद्धिको सुनिश्चितता’ भन्ने मुल नाराका साथ हुम्ला, मुगु र कालिकोट जिल्लाका करिब ८० जना सहभागि युवा युवतीबिच युवा लक्षित नेतृत्व विकास र वातावरण संरक्षणका विषयमा अन्तरक्रियात्मक गरिएको थियाे।

विभिन्न क्षेत्रमा युवाहरुको क्षमता अभिवृद्धि गगर्दै नेतृत्वदायी भूमिकामा सहजिकरण तथा बहस गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको परियोजना संयोजक सुमन ढकालले जानकारी दिए ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले युवा लक्षित नीति, स्थानीय विकासमा युवाको भूमिका, तिनका उपलब्धी, चुनौती र सम्भावनाका बारेमा अन्तरक्रिया गराई युवाहरुको नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित शाहीले स्थानीय तहमा विद्यमान सामाजिक विसंगती र लैंगिक विभेदविरुद्ध युवाको दायित्व धेरै हुने भएकाले युवाको नेतृत्व विकास गर्नु पहिलो पक्ष रहेको बताए ।

शाहीले युवाहरुको पहलमा वातावरण संरक्षणमा पनि ठूलो देन रहेकाले स्थानीय सरकार र अन्य सरोकारवालाहरुले सहयोग गर्नुपर्ने बताए ।

स्थानीय तहमा बालअधिकार संरक्षण र युवा नीति तथा कार्यक्रमका सम्भावनाबारे अवगत गराउनुपर्ने तथा प्राकृतिक श्रोतको अवस्था, तिनको सदुपयोग, वातावरण संरक्षणका प्रयास र दिगो विकास लक्ष्यमा युवाको भूमिकाबारे जानकारी दिई नेतृत्व विकास गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

युवाहरुको पहलमा नै समाजमा रहेका विभिन्न कुरिती, कुसंस्कार न्यूनिकरण हुने, समाजमा रहेका युवा क्लव तथा बाल क्लवले दिगो विकासका कामदेखि वातावरण संरक्षण गर्नका लागि ठुलाे भूमिका खेल्ने भएकाले सहयोग गर्नुपर्ने तथा वातावरण संरक्षणदेखि समाज परिवर्तनमा युवाहरुको महत्वपूर्ण भुमिका रहेकाले आफ्नो गाउँपालिकाको तर्फबाट भरपुर सहयोग गर्ने कार्यक्रममा महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालले यो छलफलबाट ३ जिल्लाका युवाहरुले धेरै कुरा सिक्ने भएकाले सिकेको ज्ञान सिप लागू गरी समाज परिवर्तनमा लाग्नुपर्ने र युवा भविष्यको कर्णदार भएकाले कुनै भुगोल, कुनै स्थानले बाधा नहुने हुँदा राम्रा र नराम्रा दुवै पक्षको समिक्षा गरी सही बाटोतिर युवाहरुलाई लाग्न अनुरोध गरे ।

नयाँ पुस्ता र युृवा पुस्ताहरु सचेत भएमा समाजमा हुने विभिन्न हिंसा न्यूनिरकणदेखि विकास निर्माणका काममा सहयोग पुग्ने मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले बताए ।

कार्यक्रममको सञ्चालन मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष दिलिपकुमार शाहीले गरेका थिए । कार्यक्रममा जिल्लास्थित स्थानीय सरकारका प्रतिनिधी, राजनैतिक नेतृत्व तथा नागरिक समाजको सहभागीता रहेको थियो ।