कुटपिटको आरोपमा दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

चैत १३, काठमाडौं । मोडल तथा गायक दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट सहित आफुले लगाएको सुनको सिक्री समेत लुटेको आरोप लगाउदै क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएको डीएसपी अंगुर जीसीले जानकारी गराएका छन ।

दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको डीएसपी जीसीले जानकारी दिए ।