म्यानमारमा सेनाले प्रदर्शनकारीमाथि गाडी कुदाउँदा, पाँच जनाको मृत्यु (भिडियो)

प्रदर्शनकारीहरूमाथि सेनाले गाडी कुदाउँदा म्यानमारमा पाँच जनाको मृत्यु भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार रंगुनमा भएको घटनामा १५ जना घाइते भएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडिओमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ। केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेको देखिएको छ ।

हाल म्यानमारमा सैनिक शासनविरूद्ध प्रदर्शन भइरहेका छ ।

शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक देखिएको छ ।

सेनाले भने सो घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।