कमेडियन युट्यूवर अपूर्व सिंह पक्राउ

भदौं १२, काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा युट्यूव कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर काठमाडौं प्रहरी परिसर परिसरमा राखिएको छ ।

सिंहले केही दिनअघि युट्यूवमा पोष्ट गरेको कमेडी भिडिओ विवादमा परेको थियो । निश्चित जातिमाथि लक्ष्यित गर्दै हास्यव्यंग्य गरेको आरोपमा केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए ।

सिंहले भने उक्त भिडिओ युट्यूवबाट हटाइसकेका छन् । उनले क्षमायाचना पनि गरेका छन् ।