कर्णालीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा

भदौं १२, सुर्खेत । कर्णाली प्रदेशका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्द्रमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।

नेकपा ( माओवादी केन्द्र) संसदीय दलले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनानामा बुझाएका हुन् ।

राजीनामा पत्र बुझेलगत्तै मुख्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । सोमबार माओवादीकै दुई नयाँ अनुहार मन्त्रिमण्डलमा पठाउने तयारी छ ।