निर्माण व्यवसायी सुर्खेतको चुनावी मैदानमा पदम खड्का र बशन्त विक्रम जिसी

भदौ १२,सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन गर्न लागिएको छ । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा निर्माण व्यवसायी पदम खड्का र बशन्त विक्रम जिसी चुनावी मैदानमा छन् । दुवै जनाले प्यानल नै खडा गरेर निर्वाचनमा होमिएका छन् ।

वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर कार्की र विक्रम गिरी उम्मेद्वार छन् । यस्तै उपाध्यक्षमा चार जना प्रतिस्पर्धामा उत्रिएका छन् । कार्लमाक्स श्रेष्ठ, गोविन्द मल्ल, चित्रनाथ योगी र विनोद गिरी उम्मेद्वार छन् । यस्तै महासचिवमा खगेन्द्र विक्रम राना र गोविन्दबहादुर मल्ल सचिव पदमा इन्द्रबहादुर थापा, नवराज सापकोटा र राजेन्द्रबहादुर शाही तथा कोषाध्यक्षमा सुशान्त कुँवर र सोमबहादुर श्रेष्ठ (मंगल) प्रतिस्पर्धामा उत्रिएका छन् ।

सदस्यहरुमा अशोक केसी, टोपबहादुर महतरा, कृष्णकुमार खड्का, दिपककुमार रोकाय, नरेशकुमार शाही, रमेश विसी, राजकुमार मल्ल र सन्तोष विसी उम्मेद्वार छन् । वीरेन्द्रनगरको जिल्ला समन्वय समितिको हलमा दिउँसो १२ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।