घुससहित कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयका इञ्जिनियरसहित २ पक्राउ

भदौं ११ गते, सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको हो ।

सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेदनका आधारमा अख्तियारबाट खटिएर गएको टोलीले यातायातमा कार्यरत मेकानिकल इञ्जिनियर दीपक बम र बिचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो ।

शुक्रबार घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिएका हुन् ।