फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

भदौं ११, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन फुकुवा गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । ब्यूरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निणर्य गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । […]

घुससहित कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालयका इञ्जिनियरसहित २ पक्राउ

भदौं ११ गते, सुर्खेत । यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको हो । सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेदनका आधारमा अख्तियारबाट खटिएर गएको टोलीले यातायातमा कार्यरत मेकानिकल इञ्जिनियर […]