सुर्खेेतमा १ सशस्त्रका प्रहरी जवानलाई गरियो पक्राउ

भदौ ७, सुर्खेत । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नक्कली प्रवेश पत्र बनाएको आरोपमा सशस्त्रका एक जना जवान पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दैलेखको गुराँस गाउपालिका-४ घर भई हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत ३० वर्षीय सशस्त्र प्रहरी जवान भक्तबहादुर शाही रहेका छन्

उनले वीरेन्द्रनगर नगरपालिका-७ मा रहेको यातायात व्यवस्था कार्यालय सुर्खेतमा साउन ११ गते दिएको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षका लागि नक्कली प्रवेश पत्र बनाएका थिए।

सशस्त्र जवान भक्तबहादुरले बनाएको लिखित र मौखिक प्रवेश पत्रमा यातायात व्यवस्था कार्यालय सुर्खेतका २ जना कर्मचारीहरुको कृते सहीछाप र कार्यालयको कृते छाप लगाई उतिणर् भएको लाइसेन्स बनाएका थिए।

उक्त सवारी चालक अनुमती पत्र (साइसेन्स) लिन गएको अवस्थामा यातायात व्यवस्था कार्यालयका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

यातायात कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई खबर गरे पश्चात प्रहरी टोलीले शाहीलाई नियन्त्रणमा लिई उनि माथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले सोमबार दिउँसो दुई बजेको समयमा उनलाई पक्राउ गरेको हो।