रवि लामिछानेको पार्टीका एक केन्द्रीय सदस्यले दिए राजीनामा

भदौं ७ गते, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एक केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएका छन् । सो पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले राजीनामा दिएकी हुन् ।
पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले उनको स्थानमा चितवनकी सविना विकलाई नियुक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।