पोखरीमा डुबेर बाबुछोरीको मृत्यु

साउन ५, स्याङ्जा । बुधबार स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।

उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो । चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको जनाएको छ ।