चिनियाँ कम्युनिष्ट नेता र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गरेका छन् ।

लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

आइतबार नेपाल आएको लिउ नेतृत्वको टोलीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरीरहेका छन् । उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने र सोही दिन स्वदेश फर्कने कार्यक्रम रहेको छ ।