श्रीलंकाका केही भागमा पुनः इन्धन र ग्यास वितरण कार्य सुरु

श्रीलंकाका केही भागहरूमा सीमित इन्धन र ग्यास पुनः वितरण कार्य सुरु भएको छ । अभूतपूर्व आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन चर्किरहेका बेला केही क्षेत्रमा इन्धन पुनः वितरण हुन थालेको हो ।

सोमबार राजधानी कोलम्बोमा ग्यास भर्ने स्टेसनहरू र सामुदायिक केन्द्रहरूमा लामो लाइन देखिएको प्राप्त विवरणहरूमा जानकारी दिएको छ । लाइनमा हजारौं मानिसहरूको भिड रहेको छ । महिनौँदेखि इन्धन, खाद्यान्न र अन्य आधारभूत सामग्रीको अभाव झेलिरहेका सर्वसाधारणले थोरै भए पनि राहत मिलेको अनुभूति गरेका छन् ।

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट हो । अत्याधिक मुद्रास्फीतिले मूल्यवृद्धि भएको छ । देशको सञ्चिति विदेशी मुद्रा सबै सकिएको छ । खाद्यान्न, इन्धन र औषधि आयात गर्न टापु देशले ठूलो संघर्ष गरिको छ ।

संकटका कारण क्रुद्ध बनेका सर्वसाधारण यसै सप्ताहन्तमा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा भएको थिए । राष्ट्रपतिले पदबाट राजीनामा दिने घोषणा समेत गरेका छन् ।