नेपाली काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक पुनः बस्दैँ

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजे पुनः बस्ने भएको छ ।

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस भएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।

बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूणर्ता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने भनिएको छ ।