रूसी राष्ट्रपति भ्लादिमिरले युक्रेनका सबै नागरिकलाई आफ्नो देशको नागरिकता दिने

रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भनेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरे ।

पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेको बीबीसीले बताएका छन् ।

यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित भएको छ । यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश समेत जारी गरेका थिए ।

यसअघि यो सरलीकरण युक्रेनको डोनेत्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने भनिएको थियो । युक्रेनविरूद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूणर् लुहान्स्क र डोनेत्स्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा समेत गरेका थिए ।