पाल्पामा ६ करोड लगानीमा “भ्यूटावर”, उद्घाटन गर्न प्रचण्ड हेलिकोप्टर चढेर आउँदै

रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर–३ सातदोबाटोको डाँडोमा निर्माण गरिएको भ्यूटावर

रोल्पामा झन्डै ६ करोड लगानीमा भ्यु टावर निर्माण गरिएको छ । रोल्पा नगरपालिकाको लगानीमा वडा नम्बर–३ सातदोबाटोको डाँडोमा उत्त भ्यूटावर निर्माण गरिएको हो ।

सो भ्यूटावर को आज उद्घाटन गरिदैँ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हेलिकोप्टर चढेर यो टावर उद्घाटन गर्न आउँदैछन् ।

रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले प्रचण्डले आज टावर उद्घाटन गर्ने बताएका छन् ।

०७६ भदौ ७ गते तत्कालीन अर्थमन्त्री बर्षमान पुनले टावरको शिलान्यास गरेका थिए । ‘जनयुद्ध’ स्मृति टावर निर्माण गर्न पाँच करोड ७१ लाखमा टेन्डर आह्वान भएको मेयर केसीले बताए ।

नगरपालिकाको लगानीमा निर्माण भएको टावरको अगाडि ०५२ फागुन १ गते ‘जनयुद्ध’ सुरु हुँदा सार्वजनिक पहिलो पोष्टरबाट दुई वटा शालिक निर्माण गरिएका छन् ।

रोल्पाभर सहादत प्राप्त गरेका ७६२ र राज्य पक्षबाट बेपत्ता पारिएका थप १६५ गरी कूल ९४६ जनाको स्मृतिमा टावर नजिकै अर्को शालिक निर्माण उनले बताए ।

‘रोल्पा जनयुद्धको उद्गम स्थल हो र जनयुद्ध स्मृति टावरले युद्ध पर्यटनको विकासमा मद्दत गर्न सक्छ भन्ने हाम्रो बुझाइ छ,’ मेयर केसीले भने ।

पछिल्लो समय उक्त भ्यूटावरको तस्विर समाजिक सन्जालमा भाईरल भएपछि पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना भईरहेको छ । पहाडको डाँडोमा किन टावर चाहियो भनेर आलोचना हुने गरेको प्रश्नमा मेयर केसीले भने, ‘यो टावर नगरपालिकाको आयआर्जनको माध्यम बन्न सक्छ । मासिक दुई लाख आउने गरी टेन्डर आह्वान गरेर व्यवस्थापन गर्न लागिएको छ ।’