एनएमबि बैंक र आइएफसीबीच सहकार्य


एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख रुपैयाँ अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको थियो।

यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलुक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बताइएको छ।

उक्त बैंक चार वर्षको अवधिमा आइएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो।

यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड-१९ को कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र ती क्षेत्रमा नयाँ उद्यमीलाई प्रोत्साहित गर्न सक्षम बनाउने विश्वास बैंकले लिएको छ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स लन्डनको ’द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ’बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंकले जनाएको छ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ’बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ