राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

२७ साउन, काठमाडौं । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको भन्ने उस्को भनाइ छ। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा […]

सुर्खेत। सुर्खेतमा फुटबल प्रशिक्षक उत्पादन गर्न ४ दिने कोचिङ कोर्ष सम्पन्न भएको छ। कम्युनिटी कोचिङ कोर्ष एन्फा केन्द्री

अल नेपाल फुटबल असोशियशनको सहयोग र जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै चन्दले कम्युनिटी कोर्ष गरिसकेपछी जिल्लाका क्लबहरु संग समन्वय गरि अवसरका रुपमा लिन सकिने बताए । आगामी प्रशिक्षणमा पनि एन्फाले सहयोग गर्दै जाने उल्लेख गर्दै केन्द्रीय सदस्य चन्दले एन्फाको विषम परिस्थितिका बाबजुत डी लाइसेन्स केन्द्रित प्रशिक्षण भएपनी सी, बि र त्यो अगाडिको चरणमा […]

दैलेखको गुराँसमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

साउन, २७ गते, दैलेख । दैलेखको गुराँस गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता वडाहरूबाटै वितरण गरेको छ । बेैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा गुराँस गाउँपालिकाको बैंकको चाप, भुगोल, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरि पालिकाको वडाहरुबाटै भत्ता हस्तान्तरण गरिएको हो । भत्ता वडा कार्यालयबाटै लिन पाएपछि आफू खुसी भएको […]

कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

कपिलवस्तुको मायादेवी गाँउपालिका-१ बर्रोहियामा हिजो बेलुकी ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाँउपालिका-३ करुवानीका ४० वर्षीय उमा शंकर यादव रहेका छन् । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारको क्रममा राती पौने १२ बजे यादवको मृत्यु भएको हो । भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु […]

एनएमबि बैंक र आइएफसीबीच सहकार्य

एनएमबि बैंकले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) बाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख रुपैयाँ अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ। एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आइएफसीका दक्षिण एशिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङबीच उक्त समझदारी आदान प्रदान भएको थियो। यो कर्जाले हालको असहज परिवेशमा उत्पादन मुलुक क्षेत्रमा […]

दिनदिनै पार्टी प्रवेश गर्दै नेपालका नायक, नाइकाहरु

नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार बिहान मन्त्री निवास पुल्चोकमा आयोजित कार्यक्रमकाबीच अभिनेता शाही कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँणले पार्टीमा स्वागत गरे । खाँणले उनलाई तरुण दलको सदस्यताको पत्र पनि दिए ।कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग […]

क्वाँट खाउँ ज्यान बनाउँ

जनैपूणर्िमाको एक दिन क्वाँटी खाने गर्छौं । वर्षमा एक दिन मात्र कुनै खानेकुरा खाएर त्यसबाट पाइने फाइदा लिन सकिंदैन । वर्षमा एक दिन मात्र क्वाँटी खाएर त्यसबाट पाइने पौष्टिक तत्व पाउन पनि सकिंदैन । टुसा उमारिएको गेडागुडी होस् वा तिलको लड्डु । समय समयमा खाइरहनुपर्छ । अनि मात्र यसबाट स्वास्थ्यलाभ पाउन सकिन्छ । धेरै प्रकारका […]

अब सार्वजनिक बिदाको दिन पनि लाइसेन्सको ट्रायल हुने

सवारी चालक अनुपत्र (लाइसेन्स) लिनका लागि चाप बढेपछि वाग्मती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक बिदाको दिन पनि ट्रायल परीक्षा सुरु गर्ने भएका छन् । वाग्मती प्रदेश अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै कार्यालयलाई परिपत्र गर्दै आवेदकको संख्या बढी भएका कार्यालयमा कार्यालय समयभन्दा अघि बिहान र सार्वजनिक बिदाको दिन पनि ट्रायल गराउन भनेको हो […]

पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खोल्ने मान्यता, बिहानैदेखि गाईजात्रा सुरू

भक्तपुरमा यस वर्षको गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भने भव्यरुपमा मनाइँदै छ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सातदिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि सुरु भएको छ। दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका […]