कर्णाली प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगितामा २९ खेल खेल्ने,स्वणर्पदक विजेतालाई दुई लाख

भदौ २८ सुर्खेत । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट प्रक्रिया पूरा गरी बन्द प्रशिक्षण दिने थालेको जनाएको छ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रतियोगिताका कुल ३६ खेलमध्ये कणर्ालीको २९ खेलमा सहभागिता हुने जानकारी दिदै यसपटक पदक जित्ने खेलाडीलाई प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ। स्वणर्पदक विजेतालाई दुई लाख, रजत पदक विजेतालाई एक लाख ५० हजार र कास्य पदक विजेतालाई एक लाख प्रदेश सरकारले प्रोत्साहन पुरस्कार दिने निणर्य गरेको

उहाँका अनुसार कणर्ाली प्रदेशले कबड्डी, उसु, भलिबल महिला-पुरुष, कराते, बक्सिङ, तेक्वान्दो, फुटबल (महिला-पुरुष), क्रिकेट, आईटीएफ, ब्याडमिन्टन, एथ्लेटिक्स, रग्बी, भारोत्तोलन, शारिरीक सुगठनमा,कुस्ती, हेण्डबल (महिला-पुरुष), टेबल टेनिस, हक्की, जुडो, बास्केटबल, सुटिङ, खोखो, फुलकन्ट्याक कराते, पौडी, बुद्धिचाल, प्याराग्लाइडिङ, सेपाक्रताको र जिम्न्यास्टिकमाभाग लिनेछ।

यो भन्दा पहीले लुम्बिनी प्रदेशमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीले तीन स्वणर्, चार रजत र १७ कास्यसहित २४ पदक जितेको थियो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुँदैछ