नेपाल प्रहरीका पुर्व प्रहरी सहायक निरिक्षक (असई)ले बिचल्ली बनाएको भन्दै सुर्खेतमा पत्रकार सम्मेलन

सुर्खेत । नेपाल प्रहरीका पूर्व सहायक प्रहरी निरीक्षक (असई)ले जेठी श्रीमतीलाई हकभोगबाट बन्चित गरेको भन्दै दैलेखकी सिता चन्दले सुर्खेतमा पत्रकार सम्मेलन गरेकी छन् । सुर्खेत स्थित कर्णाली प्रेसमिट सेन्टरमा गरिएको पत्रकार सम्मेलनमा उनले सो कुराको जानकारी गराएकी हुन ।

२०५८ सालमा बिबाह गरेका उनका श्रीमान प्रेम चन्दले दोश्रो बिबाह गरेका थिए । दोश्रो बिबाह गरेयता हालसम्म तलव भत्ता पहिलो श्रीमती र दोश्रो श्रीमतीलाई बराबर बाँडदै आईरहेका थिए । दैलेखको नारायण नगरपालिका–७ किमुगाउँ स्थायी ठेगाना भएका प्रेम चन्दले प्रहरीबाट अवकाश पाएपछि पेन्सनपट्टादेखि अन्य सम्पत्तीमा कान्छी श्रीमतीको हक राख्दा जेठी श्रीमती सीता चन्दको विचल्ली भएको बताएकी छन् ।

उनले भनिन दोश्रो बिबाह गरेपछी आज सम्म म मिलाउछु, पाल्छु भन्नु भयो । खर्चको ब्यवस्था पनी गर्नु भयो । अहिले पेन्सन आएपछी सबै कान्छि श्रीमतीले पाउने गरी मलाई थाहै नदिई पेन्सन पट्टामा समेत एकलौटी कान्छी श्रीमतीको नाम उल्लेख गरिएको छ । अब बुढेसकालमा कता जाने, कसरी खाने, छोरीको पढाई के गर्ने ? सबै बर्बाद भएको छ ।

श्रीमानले कान्छी श्रीमती ल्याएको धेरैपछि थाहा पाएपनि बहुविवाहको मुद्दा नहालेको उनको भनाई छ । ‘बरु मिलेरै बसौं भनेर श्रीमानलाई भनिरहे । नारीको कोमल मनले मुद्दा हालेपछि झन तनाव होला भनेर दुःख दिन ठानिन्,’ सिता थप्छिन्, ‘माइती र पराईघरको ईज्जतका लागि छोरी हुर्काएर बसे । दुवै पक्षबाट साथ र सपोर्ट पाए । तर श्रीमानले अन्तिममा आएर आफ्नो पेन्सन र पाउनु पर्ने अन्य हकमा कान्छी श्रीमतीको नाम राखेपछि अन्यायमा परे ।’