पल शाह भन्दा के फरक सन्दीप लामिछाने प्रकरणमा

भदौ २८, सुर्खेत । नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी पर्‍यको थियो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइएकी थिइन ।

जाहेरीका आधारमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरीले प्रेस विज्ञप्ति पठाएर सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी आएको र जाहेरीमाथि अनुसन्धानको काम भइरहेको बताएको छ ।
प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले भदौ ५ गते ती किशोरीलाई काठमाडौँ र भक्तपुरको विभिन्न स्थानमा घुमाएर राति ११ः५५ बजे सिनामंगलस्थित होटलमा लगेर बलात्कार गरेको जाहेर परेको उल्लेख छ ।

प्रहरीले होटलको नाम उल्लेख नगरे पनि विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचारलाई आधार मान्ने हो भने सन्दीपले सिनामंगलमा रहेको होटल काठमाडौँ इनमा लगेको उल्लेख छ । नगरकोटमा रहेको एक रिसोर्टबाट फर्केर रातको ११ः५५ बजे लामिछाने र ती किशोरी सिनामंगलमा रहेको होटल काठमाडौँ इनमा प्रवेश गरेको सीसीटीभी फुटेजबाट पुष्टि भएको प्रहरी स्रोतको दाबी छ ।

उक्त होटलको लगबुकमा पनि सन्दीप र ती किशोरी भदौ ५ गते राति होटलमा प्रवेश गरी कोठा नम्बर ३०५ मा बसेको पाइएको प्रहरी स्रोतको भनाइ छ । र, भदौ ६ गते बिहान पौने ७ बजे सन्दीप र ती किशोरी होटलबाट निस्केर गएको बताइएको छ ।

किशोरीका तर्फबाट प्रहरी वृत्त गौशालामा दिइएको जाहेरीमा सन्दीपले आफूमाथि भदौ ६ गते बिहान ००ः२५ बजेदेखि पटकपटक जबरजस्ती करणी गरेको उल्लेख छ