मोरङमा ४८ वर्षीया महिला बलात्कृत

file photo

मोरङ | मोरङमा ४८ वर्षीया महिला बलात्कृत भएकी छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोकमा बस्ने ४५ वर्षीय कुल बहादुर बि.क हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बि.क ले ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाइ बुधबार साँझ पक्राउ गरेको थियोे । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिरहेको छ ।