
पाल्पा । चैत २

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुर खोलामा आगलागीमा परेर ५९ वर्षीय हरिबहादुर कुमालको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कुमाल सुत्ने घरको कोठामा आगलागी भएपछि उनको जलेर मृत्यु भएको हो ।

टिनको छाना भएको आफ्नै ३ तले घरको दोस्रो तलामा सुतिरहेका कुमाल आगलागीमा परेका हुन । उनका श्रीमती, छोरा र छोरीहरू अर्को गोठसहितको घरमा सुतेका थिए ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभौयाले बताए ।