पाँचथरको याङवरकमा तीन वटा वडामा एमाले विजयी

पाँचथर
पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

६ वटा वडा रहेको याङवरकमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा विजय हासिल सफल भएको छ ।

अध्यक्ष पदमा एमालेका भिमबहादुर योङयाले ४११८ मत प्राप्त गरी विजयी भएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मविन्द्र योङयाले ४०३८ मत ल्याएर पछि परेका छन् ।

यस्तै उपाध्यक्षमा एमालेकै बाबा मेन्याङ्बोले ३९९८ मत ल्याएर विजयी भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका अर्जुन बेघाले ३६७९ मत प्राप्त गरेका छन् ।

याङवर गाउँपालिकाको वडा नं १, ३, ५ मा एमाले तथा २, ४, ६ मा गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् ।