रुपन्देहीको बुटवलमा बम बिष्फोट गराएको आरोपमा प्रहरीद्वारा ३ जना पक्राउ

स्थानिय तह निर्वाचन अघि रुपन्देहीको बुटवल उप-महानगरपालिकामा बम बिस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।बैशाख २८ मा बुटवलस्थित मिलन चोकमा बम बिष्फोट गराउने ३ जनालाई पक्राउ गरिएको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् । पक्राउ पर्नेमा सुरेश खनाल उर्फ कमरेड नेपाल, फणिन्द्र गरतौला उर्फ राज र शुक्र कुमार श्रेष्ठ उर्फ अशोक […]

मोरङको लेटाङमा एमाले मेयर र उपमेयर विजयी

विराटनगर: गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै मोरङको लेटाङ नगरपालिकाको दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा भुपेन्द्र कुमार लावती र उपमेयरमा कृष्णकुमारी निरौला विजयी भएका हुन् । बुधबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार लावतीले १० हजार २२७ मत ल्याएर विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बने कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत […]

देश विकासका लागि बजेटले उद्योगलाई प्राथमिकता दिनुपर्ने झलनाथ खनालको भनाइ

पूर्व प्रधानमन्त्री तथा नेकपा समाजबादीका नेता झलनाथ खनालले औद्योगिकीकरण नभएसम्म देश विकास गर्न नसकिने जानकारी दिएका छन् ।बुधवारबाट शुरू भएको पूर्व बजेट छलफल कार्यक्रममा उनले देशमा प्रशस्त उद्योग स्थापना हुनुपर्ने र यसका लागि आगामी बजेटले प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।‘जबसम्म देशमा उद्योग बढाउन सक्दैनौँ, तबसम्म देशको विकास कथा मात्रै हुनेछ,’ उनले भने, ‘देशमा राज्य, […]

पहिरोका कारण छिन्चु-जाजरकोट-चौरजहारी सडक अवरुद्ध

सल्यानभिरबाट खसेको पहिरोका कारण छिन्चु-जाजरकोट-चौरजहारी सडक अवरुद्ध भएको छ । गत राती परेको वर्षासँगै सल्यानको सिमाना पर्ने बोटेचौर सल्लीबजार सडक खण्डका पोखरे, धागेचरी, कुरिल्ले र जुम्ली भिरका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक १९ घन्टादेखि अवरुद्ध भएको छ । वर्षाका कारण सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधन बिचैमा रोकिएका छन् । यात्रुहरू […]

पर्साको कालिकामाईमा २१ वर्षका वशिष्ठ कुमारले गाउँपालिको अध्यक्ष जिते

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका २१ वर्षीय वशिष्ठ कुमार कलवाल विजयी भएका छन् । बि.बि.ए को अध्ययन सकेर एम.बि.ए को तयारीमा रहेका कलवालले गाउँपालिका अध्यक्ष जित्न सफल भएका हुन् । अन्तिम मतपरिणाम अनुसार वशिष्ठ कुमारले ३ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६ सय […]

गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित

कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट विजय भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकणर् भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन । काँग्रेसका उम्मेदवार वीरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी गोकणर्ले ११ हजार दुई सय २४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाल एमालेकी […]

पाँचथरको याङवरकमा तीन वटा वडामा एमाले विजयी

पाँचथर–पाँचथरको याङवरक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । ६ वटा वडा रहेको याङवरकमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेले अध्यक्ष, उपाध्यक्ष सहित तीन वटा वडामा विजय हासिल सफल भएको छ । अध्यक्ष पदमा एमालेका भिमबहादुर योङयाले ४११८ मत प्राप्त गरी विजयी भएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मविन्द्र योङयाले […]

भरतपुरमा रेनु दाहाल १ हजार ७ सय १२ मतल मतले अगाडि

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदै छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । उपमेयरका […]

तनहुँको शुक्लागण्डकीमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तनहुँ शुक्लागण्डकी नगरपालिका-११ कंडाले घर भएका ६१ वर्षीय होम बहादुर बि.क ले पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार बिहान पक्राउ परेका छन् । स्याङजा हरिनास गाउँपालिका-४ राम्चेस्थित नातेदारको घरमा आएका बि .क ले ती बालिकालाई ललाई फकाई सोही ठाउँ स्थित चौतारीमा लगि जबर जस्ती करणी गरेको प्रहरीले जानकारी दिएकाे छ । नाबालिकालाई जबरजस्ती […]

मोरङका ६ स्थानीय तहको मत गणना सम्पन्न, एमाले र कांग्रेस ३-३ वटामा विजयी

विराटनगर मोरङका ६ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएकोे छ । बुधबार बिहान सम्ममा एक नगरपालिका सहित ५ वटा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।एमालेले लेटाङ नगरपालिका, कानेपोखरी र केराबारी गाउँपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा विजय हासिल गरेकाे छ ।नेपाली कांग्रेसले जहदा गाउँपालिकाको प्रमुख र उपप्रमुख, मिक्लाजुङको प्रमुख र कटहरीको प्रमुख पदमा विजय हासिल […]