यो मनकी रानी कसलाई बनाउने होला ?

यो मनकी रानी कसलाई बनाउने होला ?
आँखाकी नानी कसलाई बनाउने होला ?

खोजी दिनुहोस न विन्ति गर्छु हजुरलाई ।
मेरी अर्धाङ्गिनी कसलाई बनाउने होला ?

दर्शका भयानक यी पर्खालहरु भत्काउन ।
साथ दिने ज्ञानी कसलाई बनाउने होला ?

खोजी गर्दा गर्दै कुमारै भइन्छ कि कतै ?
रंगिन विहानी कसलाई बनाउने होला ?

किन होला मलाई कसैले नपत्याउने हँ ?
दिलकी सपनी कसलाई बनाउने होला ?