कलमलाइ तरवारले गिज्याउदै भन्यो । (गजल)

कलमलाइ तरवारले गिज्याउदै भन्यो ।
झुपडीलाई दरबारले गिज्याउदै भन्यो ।

आदेश आयो हुने खानेहरु मात्र बाच ।
निहत्थालाई सरकारले गिज्याउदै भन्यो ।

नुन नपाएर कर्नालीमा हाहाकार छ ।
बिहानै पत्रकारको अखबारले भन्यो ।

तिम्रो पैसा लूटने लुटेरा हौ हामीहरु ।
कालो बजारियाको चमत्कारले भन्यो ।