कविता – माया र धन

माया गर्छु म उनलाई देखाउ कसरी ।
पागल भन्छन् होला कविता लेखौँ कसरी ।।
माया बिनाको सृष्टि यहाँ हुन्छ कसरी ।
फेद हाङ्गा बिना थुङ्गा रहन्छ कसरी ।।

फेद हाङ्गा को कुरा छैन ।
यहाँ थुंगा को कुरा छ ।।
यहाँ रुप धन को पो खोजीको कुरा छ ।
धन बिना यहाँ माया पनि कल्पनाको कूरा छ ।।
म माया गर्छु भन्नु कसरी ।

मायालाई होइन धनलाई महत्व दिन्छन् यसरी ।।
भकानिन्छ मुटु आँखा भरि आँशु भित्र लिनु कसरी ।
नाटक भन्छन् यहाँ फेरि आँशु झार्नु कसरी ।।