एउटा अघाएको मान्छेले भोक लाई बुझ्दैन
उसको आवाज कसैले पनि सुन्दैन
पापी पेट्को सवाल थियो हजुर
जसलाई छोप्ने कुनै भेष छैन
आज आएर बाल्ल बुझ्दै छु
हामी मजदुरको कुनै देश छैन
देश ठूलो कि भोक ठूलो हो हजुर
यहि सावल को जवाफ कोहि दिदैन
पहुँच हुनेहरु सरकार हल्लाई रहेछ
अझ मेरो देश यो रोइरहेछ
फेरि यी सवाल दोहोरिइ रहेछ
गरिबमजदुर भोकले कराई रहेछ
तिमिले चुनेको फलानो राष्ट्रवाद
फगत एउटा लाज रहेछ !!
आशा तामाङ निहारिका । काभ्रेपलान्चोक ,नेपाल