माओवादी केन्द्र बराहताल २ का पार्टी अध्यक्ष सुनार एमाले प्रवेश

देशैभर चुनावी दौडमा होमीएको नेकपा एमालेले बराहताल गाँउ कमिटी वडा नं.२ को रानिघाटमा चुनावी आम सभाव सम्पन्न गरेको छ ।
आमसभाका लागि सयौ कार्यकर्ता उतारेको बराहताल २ ले एमालेको प्रचारात्मक गित बजाउदै नाचगानका साथ बजार परिक्रमा गरेको थियो ।

पैँसा कमाउने भए राजनीति होइन, व्यापारमा लाग्नुहोस् : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाही विरुद्ध भएको जनाए । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उनले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेले पनि राप्रपा लगायतका दलहरूसँंग गठबन्धन गर्नु सिद्धान्तहिन राजनीति भएको बताएका छन् ।‘राजनीति […]

आज सिन्धुली, रामेछाप र दोलखामा निर्वाचन आयोगले मतपत्र ढुवानी हुँदै

निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र आज आयोगले ढुवानी गर्न लागेको छ । १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी […]

राजनीतिलाई देश निर्माण गर्ने अवसरका रुपमा लिनुपर्छः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृह जिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् । उहाँले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ । राजनीतिलाई पेसा व्यवसाय बनाउन […]

बझाङमा एक युवक द्वारा पाँच वर्षीया बालिका बलात्कृत

बझाङमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कार आरोपमा छबिसपाथिभेरा गाउँपालिकाका २२ वर्षीय एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दर्ता गरीएको छ । वैशाख १७ गते कार्यालयमा उजुरी दर्ता भएको प्रहरीले जानकारी दिएका छन् । पीडित बालिकालाई आरोपितले मामाघरमा विवाह हेर्न गएका बेला विवाह भएको स्थानबाट ५ सय मिटर टाढा रहेको स्थानमा […]

कांग्रेसका वडा अध्यक्ष मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै

काठमाडौंमेलम्ची नगरपालिका- १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागि रहेको स्थानीयले बताएका छन् । उक्त तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि उनले आफ्नी फुपूलाई ढोग गरेको भन्दै सामाजिक सञ्जालमार्फत नै स्पष्टीकरण दिएका छन् […]

‘नो भोट अभियानमा’ तीनघरेका युवाहरु

काठमाडौं-सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तीनघरेका लगभग १५० जना युवाहरुले एउटै आवाजमा एकैसाथ ‘नो भोट अभियान’ सञ्चालन गरेका छन् ।२०७२ सालको भूकम्पपमा पुनर्निर्माणको समयमा स्थानीय राजनीतिक दलले गरेको आफुहरुलाइ पक्षपतपूणर् व्यववहार गरेका कारण यो अभियान सञ्चालन गरेको ति युवाहरुले बताएका छन् ।

अझै सत्र जिल्लामा मतपत्र ढुवानी बाँकी

काठमाडौं,यही ३० गते हुने स्थानीय तह निर्वाचन, २०७९ का लागि मतपत्र ढुवानी गर्न अझै १७ जिल्ला बाँकी रहेको छ । सिन्धुली, रामेछाप र दोलखामा १९ गते बिहान ढुवानी हुनेछ भने अन्य जिल्लामा यसै सातामा पठाइने तयारी गरिएको छ । वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी […]