विमानमा बेवारिसे अवस्थामा एक किलो सुन फेला

विमानमा बेवारिसे अवस्थामा एक किलो सुन फेला परेको छ । दिल्लीबाट आएको ईण्डिगो एयरलाइन्सको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन भेटिएको हो ।

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरी शर्माका अनुसार बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको बताए । शर्माका अनुसार सुन ल्याउने मान्छेको निरन्तर खोजीकार्य भइरहेको छ । संलग्न दाेषिलार्इ कानुनि सजाय हुने बताए ।