गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आईतबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए । उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् ।

अधिकारी एक बर्षको अवधिमा द्रोसोपटक गण्डकीको मुख्यमन्त्री बनेका हुन् । उनि यसअघि २०७९पौष २५ गतेदेखि २०८० बैशाख १४ सम्म मुख्यमन्त्री थिए । उनलाई बहुमत पुर्याउन सभामुखको नामसमेत उल्लेख गरीएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो ।