लीसँग बन्द रहेका चिनियाँ नाका खोल्न प्रचण्डको आग्रह


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कंग्रेसका अध्यक्ष ली चानशुुलाई तातोपानी, रसुवागढी सहितका बन्द रहेका नेपाल-चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् ।
संसद भवनमा भएको भेटमा प्रचण्डले उक्त कुराकानि भएको प्रचण्ड सचिवालयले जनाएको छ । ‘भेटमा अध्यक्ष दाहालले नेपालमा दशैं, तिहारलगायतका चाडपर्व नजीकिदै गरेका बन्द रहेका नाका खोल्ने आग्रह गरेको सचिवालयले बताएको छ ।
भ्रमणमा रहेका अध्यक्ष लीले जवाफमा नेपाल-चीन बीचको व्यापार घाटा कम गर्न र सीमा नाका खुलाउनका लागि आवश्यक पहल गर्ने बताएको हुन । अध्यक्ष लीले नेपाल चीनको असलमित्र रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता र सार्वभौमिकता सधैं सम्मान गर्ने बताउँदै एक चीन नीति र चीनको सुरक्षा चासोमा सदैव सकारात्मक रहेकोमा धन्यवाद व्यक्त गरेको पनि प्रचण्ड सचिवालयले बताएको छ ।