नेपालीहरुको लागि खुसिको खबर,दशैंअघि रसुवा र तातोपानी नाका खोलीने

भदौ २८, सुर्खेत । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र लीलबिचको भेटवार्तामा रसुवा र तातोपानी नाका दशैं अघि खुलाउन सहमती भएको छ ।

मंगलबार बिहान संघीय संसद भवनमा भएको भेटवार्ताका क्रममा तिमल्सिनाको आग्रहमा नेता लीले छिट्टै खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएको तिमल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिएका छन ।

त्यस्तै, बीआरआई लगायतका बुहपक्षीय साझेदारी र संसदीय साझेदारीमा जोड दिइएको उनले बताए। साथै, कोभिडका कारण चीन फर्किएका कामदार छिटो फर्काउन र चीनद्वारा सञ्चालित योजनाहरुलाई गति दिन आग्रह गरिएको उनले जानकारी दिएका छन ।