वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

भदौ २८,सुर्खेत । वीरेन्द्रनगरबाट प्रहरीले ७0 मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदाथ लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१० का ३४ वर्षीया भरत विक रहेका प्रहरीले जनाएको हो ।

शंका लागेर उनलाई चेक जाँच गर्दा ७0 मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको प्रहरीले जनाएको हो । विकलाई नियन्त्रणमा लगेर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीको जानकारी गराएको छ