दुल्लुमा चट्याङ्ग लाग्दा पाँच जना घाइते

भदौ २८,सुर्खेत । दैलेख जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् ।

कणर्ाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन्।

उनिहरु दुल्लु नगरपालिका-४ पानदेउका सरुपा बिकको खेत बारीमा खेत गोडने क्रममा चट्याङ्ग लागेर घाइते भएका हुन्।