चितवनलाई दीर्घकालिन विकास बनाउने विषयमा प्रधानमन्त्रीको निवास पुगेर दाहालले गरिन् छलफल

प्रधानमन्त्री शेरबहादुर देउवासँग भरतपुर मेयर रेनु दाहालले चितवनको समग्र विकासका विषयमा छलफल गरीरहेकी छिन् ।
दाहालले मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चितवनको दीर्घकालिन विकासका विषयमा छलफल गरेकी छिन् ।

मेयर दाहालले माडि क्षेत्रमा भूमिगत विद्युतीकरण कार्य रोकिएको विषय,माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तर उन्नति गर्ने विषयहरुमा प्रधानमन्त्रीसँग छलफल गर्ने पुगेकी हुन् ।

चितवनको भरतपुर एयरपोर्ट विस्तार र अन्तराष्ट्रिय रंगशाला निर्माणका विषयमा पनि छलफल भएको दाहालले बताएकी छिन् ।
प्रधानमन्त्री देउवा सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, मुख्य सचिव र प्रधानसेनापतिको समेत सहभागी रहेका थियो ।

सोही छलफल निक्कै उपलब्धिपूणर् भएको दाहालले बताएकी छिन् । चितवनको विकास लागि मेयर निर्वाचित भएपछि दाहाल निरन्तर लागि परेकी छिन् ।