गुल्मीमा जेसीबीले फालेको ढुंगा लागेर एक बालकको मृत्यु

गुल्मीमा जेसीबीले फालेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ । बिहीबार बिहान गुल्मीको मुसिकोट नगरपालिका ३ मा सडक मर्मतका क्रममा जेसीबीले ढुंगा पन्छाउने क्रममा खसेको ढुंगाले लागेर स्कुल जाँदै गरेका एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुसिकोट- २ अर्मझा निवासी १४ वर्षीय बालक गगन रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । ‘वडा नम्वर -३, मैदानस्थित रेसुङ्गा होटलका मालिक हरि कार्कीका भानिज (उनी मावली घरमै बस्थे) स्थानीय पृथ्वी माध्यमिक विद्यालय कक्षा ९ मा पढ्ने गगनको मृत्यु भएको हो’ वडाध्यक्ष शंकर बहादुर रायमाझीले भने, ‘माथिबाट माटोसँगै खसेको ढुंगा लागेर बालकको टाउकोमा लागेपछि उनी त्यही ढलेको जानकारी प्राप्त भएको छ ।’

गम्भीर घाइते बालकलाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइएकोमा त्यही उनलाई मृत घोषणा गरिएको प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिएका छन् ।

जेसीवीका चालक बोम बहादुर रानाभाट घटनालगत्तै फरार भएको वडाध्यक्ष रायमाझीले बताएका छन् । जेसीबी मालिकलाई भने प्रहरी कार्यालयमा बोलाइएको डिएसपी खरेलले बताएका छन् ।