पृथ्वी राजमार्गमा पहिरो झर्ने क्रम नरोकिएको हुनाले सडक खुलाउन समस्या

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका-५ नाग्दी खोला नजिक रहेको २ स्थानमा पहिरो गएको करण सडक अवरुद्ध भएको छ । सडक हिजो राति ११ बजेदेखि अवरुद्ध भएको हो ।

दुईवटा जेसीबीहरु प्रयोग गरेर पहिरो हटाउन थालीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोको कारणले सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमा रोकिएका छन् ।

पहिरो झर्ने क्रम नरोकिएको हुनाले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।