आज बिहीबार के कस्ता कामकाजहरु शुभ र अशुभ हुन्छन् ?

Indian bride’s parents hold a bowl with coconut under her hands : https://www.freepik.com/free-photo/indian-bride-s-parents-hold-bowl-with-coconut-her-hands_1612814.htm?query=hindu%20statue

काठमाडौँ | ज्योतिष शास्त्रहरुमा हरेक बार अनुसार गरिने कामकाजहरुको बारेमा चर्चा गरिएको छ । । तिथी, मुहूर्त, नक्षत्र, योग, करण, लग्न , नवमांश आदि विभिन्न कुराहरू अनुसार विभिन्न कार्यहरू गर्ने निर्देशन ज्योतिष शास्त्रमा गरिएको हुन्छ । त्यस मध्ये

सबै कुरा हेर्न नसके पनि बारको बारेमा सबैलाई नै ज्ञान हुने भएकाले बारको आधारमा पनि के कस्ता कामकाजहरू गर्दा शुभ हुन्छ भन्ने कुराको वणर्न ज्योतिष शास्त्रमा गरिएको छ । यदि हरेक बार गर्न नमिल्ने अवस्थाका कामकाजहरुलाई भने हरेक दिन १ घण्टाको विशेष समयमा गर्न सकिने देखिन्छ ।

आज बिहीबार ज्योतिष शास्त्र अनुसार बिहीबारको दिनलाई बृहस्पति ग्रहको दिन मानिन्छ । बृहस्पति देवताहरूका गुरु हुन् । यसलाई सौर परिवारमा मन्त्रिको दर्जा दिइएको छ । ज्योतिषीय दृष्टिकोणमा बिहीबारलाई शुभबार मानिन्छ । यस बारमा धार्मिक कामकाजहरु गर्नाले बृहस्पतिको शुभ प्रभाव पर्दछ । निष्काम कामनाले गरिने धार्मिक कामकाजहरु पनि यसबार गर्नु निकै राम्रो मानिन्छ ।

राष्ट्र शान्ति, दरिद्रता शान्ति, बृहस्पतिको दोषबाट पर्न जाने समस्याहरूको लागि यस दिन धार्मिक कार्य गर्दा राम्रो हुने ज्योतिषीय मान्यताहरू रहेको छ । त्यसैगरी कुनै मनोकामना पूरा गर्नको लागि वा कुनै विशेष समस्या समाधानको लागि पनि यस बारको अनुष्ठान निकै फलदायी हुने गर्दछ ।

लामो यात्रा, ठूला ठूला व्यवसाय आदीको कामकाज र शुभारम्भ पनि बिहीबार गर्नु राम्रो हुन्छ । विशेष गरेर गुरुकुल, विद्यालय, कलेज आदिको शुभारम्भ यस दिन गर्नु राम्रो मानिन्छ । शिक्षा र धर्मसँग सम्बन्धित विषयहरूमा बृहस्पतिको सम्बन्ध हुने भएकाले यस क्षेत्रका कामकाजहरु सकेसम्म बिहीबार नै गर्नु राम्रो हुन्छ । सुन, धातु तथा पत्थर सम्बन्धि व्यवसायहरु पनि यस दिन शुभारम्भ गर्न सकिन्छ । कुनै पनि निर्माणको शिलान्यास, नयाँ अफिस वा घरमा शुभारम्भ यस दिन बृहस्पतिको बल बढी हुने भएकाले गर्नु राम्रो मानिन्छ ।

ज्योतिष शास्त्र अनुसार नयाँ कपडा लगाउन पनि बारको विचार गर्नुपर्दछ । बिहीबार भने नयाँ कपडा लगाउन हुने मानिन्छ । बृहस्पतिको रंग पहेँलो भएकाले बिहीबार पहेँलो रंगको बढी प्रयोग गर्नु राम्रो हुने मानिन्छ । भौतिक सुख सुविधा दिने ग्रह शुक्र भएपनि आध्यात्मिक सुख सुविधा दिने ग्रह बृहस्पति हो । हिन्दुधर्म अनुसार आध्यात्मिक सुख पाउन वा मृत्युपछि मोक्ष पाउनको लागि पनि बिहीबारको उपासना राम्रो मानिन्छ । कुनै विशेषकार्यको खुशियाली तथा रथयात्राहरू पनि यस दिन राम्रो मानिन्छ ।

बिहीबारलाई बृहस्पति ग्रहको बार मानिने भएकाले यस दिनलाई शुभ दिन मानिन्छ । हरेक प्रकारका शुभ कार्यहरुको थालनी सकेम्सम्मा बिहीबार नै गर्नु राम्रो हुन्छ । तर अरुको नराम्रो होस भनेर गरिने आभिचारिक कार्यहरू भने यस दिन राम्रो हुँदैन । झगडा तथा मुद्दा मामिला पनि यस दिन राम्रो नहुने कुरा ज्योतिषीय ग्रन्थहरुमा वणर्न गरिएको छ ।