अब मधेसवादीहरुसँगै मात्र गठबन्धन हुन्छ : जनमत पार्टि

जनमत पार्टिका अध्यक्ष सिके राउत

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगैमात्र गठबन्धन गर्ने निणर्य गरेको छ ।

जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै राउतले यस्तो बताए ।

स्थानीय निर्वाचनमा दुई-दुईवटा गठबन्धन रहदाँ जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेपछि आगामी निर्वाचनको लागि जनमत पार्टी अरू पार्टीसँग गठबन्धन गर्न खुल्ला रहने निणर्य गरेको नेता बिपी साहले जानकारी दिए ।

राष्ट्रिय, प्रादेशिक, जिल्ला वा निर्वाचन क्षेत्र मध्ये कुनै स्तरमा गठबन्धन हुनसक्ने भन्दै साहले भने, ‘कांग्रेस र कम्युनिष्टहरूले मधेसीहरूलाई बारम्बार धोका दिएकोले अब तराई-मधेस केन्द्रित दलहरूसँगै गठबन्धन हुनेछ ।’