गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट निर्वाचित

कैलालीको गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार वीरेन्द्र भट्ट विजय भएका छन् । नेकपा एमालेका उम्मेदवार गोकणर् भट्टलाई पराजित गर्दै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन ।

काँग्रेसका उम्मेदवार वीरेन्द्रले १५ हजार पाँच सय नौ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी गोकणर्ले ११ हजार दुई सय २४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाल एमालेकी उम्मेदवार शारदा देवी रोकायले विजय हासिल गरेकि छिन् । उनले १० हजार छ सय ७० मत प्राप्त गरेकि छिन् ।

नगरपालिकाको उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट नगर प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा एकीकृत समाजवादीलाई उम्मेदवार बनाएको थियो । सो नगरपालिकामा सत्ता गठबन्धनकातर्फकी उपप्रमुखकी उम्मेदवार रतना कडायतले नौ हजार नौ सय ८३ मत प्राप्त गरेकी छिन् । उनी निवर्तमान उपप्रमुख हुन् ।