भरतपुरमा रेनु दाहाल १ हजार ७ सय १२ मतल मतले अगाडि

भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले १ हजार ७ सय १२ मतले अग्रता बढाएकी छन् । २७ हजार ४३८ मत गन्दा दाहालले ९ हजार ९७० मत ल्याउँदै अग्रता बढाएकी हुन् ।
एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार २५८ मतले पछ्याउँदै छन् । मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ११ हजार ९५६ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६ हजार ७४२ मत पाएकी छन् ।