विवाह गर्नुअघि अनिवार्य ध्यान दिनु पर्ने ५ कुराहरू ?

यदि यही महिना बिवाह गर्दै हुनुहुन्छ भने यी कुरा जान्नैपर्छ – Online Khabar

काठमाडौं | नेपाली समाजमा अझै पनि हतार र सानौ उमेरमा छोरी चेलीलाई सोच बिचार नगरी विवाह गर्ने प्रचलन छ । यस्तो प्रचलनका कारण दाम्पत्य जीवनमा कैयौं समस्याको सामनाहरु देखिरहेका हुन्छ्न् ।

जीवनको लयलाई नै अर्कै बनाउने विवाहजस्तो महत्वपुर्ण निणर्य लिन हामी किन हतार गर्छौं ? कम वा सानो उमेरमा विवाह गर्दा यसको अनुभूतिनै कमजोर हुन्छ केही पनि थाहाँ हुँदैन । हरेक कुरामा अरुमाथि निर्भर रहनु पर्छ , जसले गर्दो हाम्रा जीवनलाईनै तीतो अनुभव गराउँछ ।

विवाह भनेको आपसमा माया गर्ने दुई व्यक्तिको मिलन मात्र नभैइकन्, यसले दुई जना मानिसलाई यस्तो बन्धनमा राख्दछ कि जसको कारण कुनै पनि व्यक्ति पालनपोषण, व्यक्तित्व, भावना, शिक्षा र कहिलेकाहीं भाषा हरेक चीज फरक हुन्छ । विवाहको माध्यमबाट दुई फरक संस्कृतिको संयोजन पनि हुन्छ ।

वैवाहिक जीवन सुरु गर्नुअघि हरेक मानिसले एकअर्काको रुचि, मन पर्ने, नपर्ने कुरा, जीवनको लक्ष्य, परिवारका बारेमा हर कुरामा बुझ्नु जान्नु जरुरी छ । त्यो नै सबैभन्दा बढी बुद्धिमानी हुन्छ । धैर्यका साथ आफ्नो भावी पार्टनरलाई राम्ररी चिन्नु राम्रो हुन्छ । युनिभर्सिटी अफ टेक्सासका प्रोफेसर टेड हस्टनटेड हस्टनका अनुसार विवाह बन्धनमा बाँधिनुअघि आफ्नो पार्टनरको कमजोरी र राम्रो कुरालाई राम्रोसँग मनन गर्नुपर्छ ।

  • आफु स्पष्ट भए मात्रै विवाहको निणर्य लिनुहोस् : विवाहको प्रस्ताव स्वीकार्नुअघि तपाईं किन यो सम्बन्ध स्वीकार्न चाहनुहुन्छ ? यसबारे स्पष्ट हुनुहोस् । परिवारका सदस्यको दबाब, उमेर बित्दै गएकाले वा साथीभाइले बिहे गरेकाले ? के कारणले तपाईं पार्टनरसँग विवाह गर्दै हुनुहुन्छ ? त्यसबारे स्पष्ट हुनुहोस् ।
  • आर्थिक स्थितिको परीक्षण गर्नुहोस् : वाह गर्नुअघि आफ्नो र आफ्नो पार्टनरको आर्थिक स्थिति कस्तो छ भन्ने बारेमा पनि परीक्षण गर्नुहोस् । यदि तपाईंहरु दुवै जनाले घर खर्च बहन गर्न नसक्ने अवस्था भएमा विवाहभन्दा पहिले त्यसको स्रोत खोजी गर्नुपर्छ ।
  • एकअर्काको स्वभावबारे जानकारी राख्नुहोस्प्राय : युवतीहरु आफ्नो सुनौलो सपना पूरा गर्न आफ्नो प्रेमीको स्वभाव र उसको प्रकृतिको बारेमा जाँच गर्न उनीहरुसँग बढी नजिक हुनछन् । धेर श्रीमान वा केटा मान्छेहरु बिहेपछि व्यवहार परिवर्तन गर्न सकिन्छ भन्ने सोच राखोका हुनछन् । तेहि स्वभाव परिवर्तन नहुँदा पछि कतिपयहरुको सम्बन्ध नराम्रो हुन पुग्दछ । त्यस कारण एकअर्काको स्वभावबारे जान्न जरुरी छ ।बिहेपछि कसैले कसैको स्वभाव बदल्न सक्दैन यो कुरा पक्का छ । जस्तो छ त्यसलाई स्वीकार गरीबस्नु पदर्छ । यदि तपाईंको प्रेमी वा पार्टनर रिसाउ छ भने विवाहपछि पनि तपाईलें अक्सर उनको रिसको निशाना बन्नैपर्छ, यो पति होस् वा पत्नी दुवैमा लागु हुने कुरा हो । त्यस कारण आफ्नो क्रोध नियन्त्रण गर्र्ने नसक्ने व्यक्तिसँग विवाह गर्नुअघि सोचविचार गरेर मात्र बिहे गर्नुहोस् ।
  • एकअर्काको मायाको मूल्यांकन गर्नुहोस् : पाईंहरु एकअर्कालाई भेट्नुहुन्छ वा कुरा गर्नुहुन्छ त्यतिबेला जाँच्न नभुल्नुहोस् कि तपाईंको भावी श्रीमान् वा श्रीमतीको प्रेम तपाईंको लागि साँचो छ कि छैन ? के उसले तपाईंको भावनाको कदर गर्छ ? उसले तपाईंको खुसीको लागि जुनसुकै कदमहरु चाल्न सक्छ ? के उसले तपाईंलाई आफ्नो मनको कुरा शेर गर्छ ? आदि सम्पुणर् कुरालाई राम्रोसँग बझन् पर्छ । यदि एकअर्कामा पर्याप्त माया छैन भने विवाहको लागि अघि बढ्नु राम्रो हुदैन्न ।
  • विवाहका लागि परिपक्क उमेर रोज्नुहोस् : बिवाह गर्नुअघि आफ्नो र आफ्नो पार्टनरको उमेर बिवाहका लागि उपयुक्त छ छैन अनिवार्य जान्नुहोस् । बिहावा पछि शारीरिक र मानसिक रुपमा विभिन्न जिम्मेवारी वहन गर्नु पर्छ । उपयुक्त निर्णय लिन सक्नु पर्छ ।
  • तुलना गर्ने बानी छोड्नुपर्छ : माइती पक्ष र श्रीमान्को घर परिवारबीच वातावरण, व्यवहार, सुविधा, सम्पन्नता आदिको तुलना गर्ने बानी ठीक होइन । यो बानीको सिकार भए दु:खबाहेक अरु केही हात पर्दैन । अत: यसलाई छोड्नुपर्छ, तुलना गर्नु हुँदैन ।