काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन (तस्वीरमा हेर्नुहोस्)

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । वैशाख ३० मा हुने भनिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ ।

आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु गरिएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् ।

आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेका थिए । चुनावको मुखमा राजधानीमा आफ्नो शक्ति देखाउने उद्देश्यका साथ राप्रपाले आमसभा गरेको हो ।

तस्वीरमा हेर्नुहोस्स्

राप्रपाकी नेत्रृ रेखा थापा
राप्रपा वक्ता ज्ञानेन्द्र शाही