झापामा ८० ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

आरोपी राजिब रायमाझाी

झापा, चैत २५ | ब्राउन सुगरसहित प्रहरीले झापा बाट एक जना युवकलाई प्रक्राउ गरेको छ । झापाको कागेश्वरी नगरपालिका ९ मा बसोबास गर्दै आएका २५ वर्षीए राजिब रायमाझाीलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहवार मेचीनगर नगरपालिका ६ पुरानो पुलस्थीत प्रहरीले रायमाझाीलाई शंकाश्पद् अवस्थामा चेक गर्दा ८० ग्राम ब्राउन सुगर र पाँच हजार रुपैयासहित नियन्त्रणमा लिएको प्रहरी नाएब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

थप अनुसन्धान भईरहको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

रायमाझी भारतबाट नेपाल आउँदै थिए ।